कुनौरिमा पहिरो जाँदा मन्थली-सेलेघाट सडक पूर्ण रुपमा अबरुद्ध

| भदौ ११, २०७८ शुक्रबार

तस्विर सरोज सुबेदीबाट साभार
A A A
A A A

११ भदौ,रामेछाप । मन्थली-सेलेघाट जोड्ने मुख्य मार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ । 

 

दिउँसो २ ः ३० बजे कुनौरी स्थित् सडकमा सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार सडकमाथिबाट अन्दाजी ३० मिटर जति पहिरो खस्दा सडक दुई तर्फी अबरुद्ध भएको छ । दुबै तर्फ अहिले सवारी साधन रोकिएका छन् । 


उनले भने 'आधा घन्टा जति भएको ३० मिटर जति पहिरो गएको हो । अहिले दुईतर्फि सडक अबरुद्ध छ । सवारी साधन केही रोकिएका छन् ।  हामी मन्थली नगरपालिकासंग समन्वय गर्दैछौं सडक खुलाने बारेमा ।'

 

 
माथिबाट खसेको पहिरोमा चराउन लागेको एउटा बाख्रो च्यापिएको उनले बताए ।