प्रमुख निर्वाचन आयुक्त थपलियाबाट जिल्ला निर्वाचन कार्यालय रामेछापको भवन उत्घाटन

| भदौ ११, २०७८ शुक्रबार

फाइल टिका प्रसाद् भट्टको फेस्बुकबाट साभार
A A A
A A A

११ भदौ,रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापको भवन उद्घाटन गरिएको छ । 

 


शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । 

 


सदरमुकाम मन्थलीस्थित, मन्थली बसपार्कमा बनेको पक्कि भवनको शुक्रबार एक कार्याक्रमकाबीच उद्धघाटन गरिएको हो । 

 

भवन उत्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का,मन्थली नगरपालिका पमुख रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू, लगाएत राजनीतिक दलका नेता कार्याकर्ता, पत्रकारहरुको उपस्थिति रहेको थियो ।