१८ महिनापछि जलेबाट छुटेका प्रकाश कटुवाल भन्छन् 'मेरो जेल जिबनको पुरै नाली बेलि लिएर आउने छु"

| भदौ ११, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

११ भदौ,रामेछाप । १८ महिनापछि जेलबाट मुक्त भएका लोक तथा दोहोरी गायक प्रकाश कटुवालले आफूले जेलमा बिताएको पलको कथा सबै बाहिर ल्याउने बताएका छन् । उनी भन्छन् "१८ मैने जेल जिबनको पुरै बिस्तृत विवरणका कथाहरूका नाली बेलि लिएर आउने छु ।"

 


बिहिबार जिल्ला अदालत तनहुँबाट निर्दोष सावित् भएका कटुवालले बाध्यताले बिताएको जेल जिवनको सबै यथार्थ दर्शक माझ लिएर आउने बताएका हुन् । 

 

१८ महिनादेखि तनहुँको दमौलीमा चितवनका एक व्यवसायीलाई कुटेको आरोमा पूर्पक्षको लागि थुनामा बसेका कटुवाल समय र परिस्थितिले त्यो ठाउँमा पुगेको स्मरण गर्छन् । 


उनी भन्छन् 'मलाई त्यस्तै भैदियो त्यसैले म १८ मैनाको जेल जीवनपछि उही ढलेको गिलासलाई उठाएर पानी भर्नी कोसिसमा छु । सायद गिलास फुटेको भए म, पानी भर्ने कोसिस पनि गर्न सक्दैन्थिए । तर, गिलास ढलेको हो । फुटेको हैन ढलेको गिलासलाई जुनै बेला पनि उठाउन सकिन्छ । पानी भर्न सकिन्छ । म, अब त्यो गर्ने छु ।'

 

गायक कटुवाल बिहिबार काठमाडौ आइपुगिसकेको जानकारी गराएका छन् । 

 

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुँकास्थली स्थायी घर भएका कलाकार कटुवालले दर्जनौं लोक दोहोरी गीत गायका छन् । 

 

सुन्दर रामेछाप, ढाडेबिरालो, लगाएतका उनका चर्चीत गीत हुन् ।