एकतर्फी खुल्यो मन्थली-सेलेघाट सडक
फोटो फाइल
११ भदौ, रामेछाप । शुक्रबार दिउँसो अन्दाजी २:३० बजेदेखि अबरुद्ध भएको मन्थली-सेलेघाट सडक एक तर्फि संचालनमा आएको छ ।
गएराति करिब १० बजेदेखि सडक एकतर्फी संचालनमा आएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।
उनकाअनुसार तत्कालकाेे लागि एकतर्फि बाटाेे खुलाइएको हाे । सडकमाथिबाट पहिराेे खस्दा बाटाेे पूर्णरुपमा अबरुद्ध भएको थियो ।
नगरपालिकाकाेे जेसिबिलेे पहिरो पन्छाएसंगैै बाटाे खुलेकाेे हाेे ।
त्यस्तै रामेछापको रामेछाप नगरपालिका जोड्ने मन्थली-रामेछाप सडक पनि रामेछाप तत्लो बजारमा पर्ने पक्कि सडक भासिदा सडक अबरुद्ध भएको थियो । सोबाटो पनि
रामेछाप नगरपालिकाको पहलमा शुक्रबारै भासिएको सडकलाई जेसिबीले मिलाएर सडक बनाएर सावारी साधान आवतजावत गर्ने बाटो तत्लालको लागि बनाईएको छ ।
