आँखा केन्द्रको भवनमा पहिरोले क्षेतीः “डा. कर्मचार्या भन्छन् ४-५ महिना सेवा अबरुद्ध”

| भदौ १३, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१३ भदौ,रामेछाप । नितरन्तरको वर्षाले जिल्ला सामुदायिक अस्पतालको भवनमा क्षेती पुर्याएपछि तत्कालको लागि सेवा अबरुद्ध भएको डा. सुमन कार्मचार्याले बताएका छन् । 

 

 

तीन दिन देखिको निरन्तरको वर्षाले तामाकोशी सहकारी अस्पताल रामेछाप र तिलगंगा आँखा केन्द्रको समन्वयमा संचालित् सामुदायिक अस्पताल रामेछापको भवनमा क्षेती पुगेको छ । 

 

आइतबार बिहान भवनमाथि रहेको भिरालो जमिन बगेर आउदाँ तत्कालको लागि सेवा अबरुद्ध भएको डा. कर्मचार्याले रामेछाप टाइम्ससंग बताए । 

 

उनले भने “दिउँसो भएकाले ठूलो क्षेती हुनबाट जोगियो । ५०÷६० लाखको सामागहरु थियो हामीले सबै निकार्यौ । अब भवन भत्किहालेन भने ४÷५ महिना भन्दा अगाडी त्यहाँबाट सेवा प्रदान गर्न सक्ने अवस्था छैन् । त्यसअघि कहाँबाट सेवा दिने भन्ने बारेमा हामी छलफल गर्छौ ।”

 

२००१ सालमा तामाकोशी सहकारी अस्पताल रामेछापको ७५ प्रतिशत र तिलगंगा आँखा केन्द्रको १५ प्रतिशत लागत साझेदारीमा संचालनमा आएको आँखा केन्द्रबाट रामेछाप, दोलखा र ओखलढुङ्गा जिल्लाका नागरिकहरुले सेवा लिदै आएका छन् । 

 

भवनमाथि रहेको भिरालो जमिन नितन्तरको वर्षाले बगेर  आउदाँ आँखा केन्द्रको भवनमा पूर्ण रुपमा क्षेती पुर्याएको हो । 

 

हिलो माटोसहितको पहिरो आँखा केन्द्र संचालित कोठाभित्र पसेको छ । त्यहाँ भएका सबै सामानहरु बाहिर सुरक्षित ठाउँमा स्थानतरण गरिएको छ । 

 


आँखाको क्षेत्रमा काम गर्ने एक मात्रै अस्पताल पहिरोको कारण प्रभावित् हुने भएपछि समस्या हुने भएको छ । 

सम्बन्धित समाचार-जिल्ला सामुदायिक आँखा अस्पतालको मन्थलीको भवनलाई पहिरो पेल्यो
जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीको भवनमा पहिरोले पुर्याएको क्षेती ४ तस्विरमा