निरन्तरको वर्षाले मन्थली गुम्बाको एक तल्ले पक्कि घर भासियो

| भदौ १३, २०७८ आइतबार

तस्विर रमेश कुमार बस्नेत मन्थली नगरपालिका प्रमुख ।
A A A
A A A

१३,भदौ,रामेछाप । निरन्तरको वर्षाले रामेछापको मन्थली नगरपालिकामा फेरि एउटा पक्कि भए भासिएको छ ।  


आइतबार दिउँसो २ ः ३० बजेको समयमा मन्थली नगरपालिका वडा नं १ स्थित गुम्बाको आवश घर भासिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।


उनले भने “मन्थली गुम्बाको एक तल्ले पक्कि घर भासिएको रहेछ । अहिले सशस्त्र र नेपाल प्रहरीको टोली पुगेर भासिएको घर भत्काउन थालिएको छ । त्यहाँ तत्काल कुनै पनि साधान जान नसक्ने रहेछ । त्यसैले हाम्रो टोलीले भत्काउन थालेको छ ।” 

 

उनका अनुसार सो घर नभत्का वरपरका अन्य घरहरुलाई भाषिएको घरले ढलेर क्षेती पुर्याउने देखिएकाले भत्काउन थालिएको हो । सो घरको सामाग्रीहरु सबै सुरक्षित ठाउँमा निकालिएको छ ।

 


यस अघि पनि मन्थली बसपार्कमा एउटा तीन तल्ले पक्कि घर भासिएको थियो । सो घर अहिले भत्काई सकिएको छ ।