सुनारपानीका दुई पसल र दुई घरमा चोरीः २ लाख १० हजारसहित सामाग्री 'गायप्'

| भदौ १४, २०७८ सोमबार

सांकेतिक तस्विर
A A A
A A A

१४ भदौ,रामेछाप । रामेछाप जिल्लामा चोरीका घट्ना बढ्दै गएका छन् ।

 

गएराति अज्ञात समूहले मन्थली नगरपालिका वडा नं ५ सुनुवारपानीमा ४ घरमा लुट्पाट् गरेको छ । स्थानीय राजेन्द्र कार्कीको पसल फोरी पसलमा रहेको नगद २ लाख रुपैयाँ चोरी भएको स्थानीय नवीन कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार राजेन्द्र कार्कीको पसलको झ्याल फोडेर २ लाख रुपैयाँ लुटिएको पाइएको छ ।

 

कार्कीको पसलसहित दुई वटा पसल र अन्य २ स्थानीयको घरहरुमा चोरी गरेका हुन् । सुनम कार्कीको पसलबाट १० हजार नगदसहित सामानहरु चोरी भएको छ ।

 

स्थानीयहरुको घरबाट पनि सामाग्रीसहित केही रकम चोरी भएको छ ।

 

घटनाबारे अनुसन्धान गर्ने अहिले जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशकर श्रेष्ठले जानकारी दिए । 

 

यसअघि जिल्लाकै गोकुलगंगा गाउँपालिकामा पनि सामूहिक रुपमा चरणबद्ध रुपमा चोरी भएको थियो ।