श्री कृष्ण जन्म अष्ठमीको अवसरमा भिरपानीमा कृष्ण मन्दिर उद्घाटन

| भदौ १४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१४ भदौ,रामेछाप । श्री कृष्ण जन्म अष्ठमीको अवसर पारि खाँडादेवीमा कृष्ण मन्दिरको उद्घाटन गरिएको छ । निर्माण सम्पन्न भएको कृष्ण मन्दिरको सोमबार बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री कैलाश  प्रसाद ढुङ्गेलले उद्घाटन गरेका हुन् । सोमबार देशभर श्री कृष्ण जन्म अष्ठमी मनाईदै छ । 

 

पालिकाको वडा नं ३ भिरपानीको चिसापानीमा नव निर्मित श्री कृष्ण मन्दिर उद्घाटन गरेको वडा अध्यक्ष पुष्कर कार्कीले जानकारी दिए । उनका अनुसार निवर्तमान मन्त्री ढुङ्गेलले मन्दिरको उद्घाटन गरेका हुन् ।

 


सोमबार एक कार्याक्रमकाबीच गाउँपालिका प्रमुख प्रेमबहादुर तामाङ्, उप-प्रमुख क्रिशाला घिसिङ लगाएत राजनीतिक दलका नेता कार्यकर्ता, स्थानीयहरुको उपस्थितिमा मन्दिर उद्घाटन गरिएको हो ।

 


कूल ४० लाख लागतमा निर्माण गरिएको मन्दिर निर्माणको लागि बागमती प्रदेश सरकारले २३ लाख २५ हजार रुपैयाँ उपलब्ध गरेको थियो । भने बाँकि रकम चन्द, स्थानीय सरकारले उपलब्ध गरेको हो ।