मन्थलीमा मास्क नलगाई हिडेका ५० जनालाई प्रहरीको सजायः मास्क र चक्लेट् !

| भदौ १५, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१५ भदौ,रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले मास्क नलगाई हिडेका चार दर्जन भन्दा बढि मानिसलाई मास्क लगाउन आग्रह सहित मास्क प्रदान गरेको छ । मास्क नलगाई हिडेको सजाय स्वरुप उनीहरुलाई एउटा 'चक्लेट्' दिएको छ । 


तपाईको मास्क खै कार्यक्रम अन्तर्गत मंगलबार सदरमुकाम मन्थली बजार आसपासमा बिना मास्क हिडिरहेका ५० जनालाई कोरोना भाइरस संक्रमणबाट "आफू पनि बँच्न र अरुलाई पनि बचाउन" मास्कको प्रयोग गर्नु पर्ने भन्दै मास्क दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

तपाईको मास्क खै ? कार्यक्रम कोरोना सुरु भएयता जिल्ला प्रहरी रामेछापले निरन्तर रुपमा संचालन् गर्दै आएको छ । 


प्रहरी नीरिक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार मन्थली नगरपालिका वडा नं १ स्थित विभिन्न सार्वजनिक स्थानहरूमा मास्क नलगाई हिडिरहेका ५० जना आमनागरिकलाई मास्क वितरण गरेको हो । 

 

साथै मास्क नलगाउने प्रवृत्तीलाई सकारात्मक उत्प्रेरणा मार्फत निरूत्साहित गर्ने उद्धेश्यले 'चकलेट' समेत वितरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।