मन्थली नगरपालिकाको दीर्घकालिन सोच र योजना तयारः प्रमुख भन्छन्-'कोशेढुङ्गा सावित हुन्छ'

| भदौ १६, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१६ भदौ,रामेछाप । रामेछाको मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेतले निर्माणको अन्तिम चरणमा रहेको आबधिक योजना नगरको विकासमा कोशेढुंगा सावित हुने बताएका छन् । मंगलबार मन्थली नगरपालिकाको सभाहलमा आयोजित नगरको प्रथम आवधिक नगर विकास योजना तर्जुमा कार्यशाल कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका छन् ।

उनले भने 'यो कार्यक्रम धेरै पहिले गर्नु पर्ने थियो । अहिले ढिलै भएपनि सुरु भएको छ । यो नगरको लागि कोशेढुङ्गा सावित् हुने छ ।'

उनले आफनो कार्यकालको प्रारम्भिक चरणमा निर्माण गर्नु पर्ने आबधिक योजनाको जिम्मेवारी लिएको ब्यक्तिका कारण ढिलो हुन गएकोमा आफुलाई समेत दुख लागेको जानकारी गराए ।

 

उनले भने 'विभिन्न कम्जोरीका बावजुत् आफनो कार्यकालको अन्त्यमा भएपनि आबधिक योजना निर्माण हुन लागेकोमा मलाई खुसी लागेको छ ।'


नगर प्रमुख बस्नेतले कार्यपालिकाको निर्णय र शहरी विकास मन्त्रालयको सहजिकरणमा विज्ञ र प्राविधिकहरुको सहयोगमा नगरको आबधिक योजना निर्माण सुरु गरेको बताए । 


आफुहरुको कार्यकाल सकिन लागेको भएपनि आफनो कार्यकालमा तयार भएको आबधिक योजनाले नगरको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकासमा ठूलो सहयोग पुर्याउने र त्यसले आगामी निर्वाचन पछि आउने नेतृत्वलाई विकासमा सहयोग पुग्ने विश्वास् ब्यक्त गरे । 


कार्यक्रममा नगरपालिकाकी उप प्रमुख मायाँ कार्कीले, प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल, नेपाली काँगेसका कोषाध्यक्ष कुमार श्रेष्ठ, नेकपा एमालेका नेता झम्क कंडेल, नेकपा समाजबादीका कृष्णबहादुर थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, गैरसरकारी संस्था महासंघ, जिल्ला सहकारी संघ लगायतका जिल्लाका सरोकारवालाहरुले सुझाव प्रस्तुत गरेका थिए । 


कार्यशाला बुधबार सम्म सम्पन्न गर्ने जानकारी दिएको छ ।