नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस : 'एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं' देशव्यापी विशेष कार्यक्रम

| बैशाख ३, २०७८ शुक्रबार

संकेतिक फाइल
A A A
A A A

३,वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस (अप्रिल २२) २०७८ वैशाख ९ गतेलाई भव्य रुपमा मनाउन एमालेले विशेष कार्यक्रम गर्ने भएको छ । 

बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै नेता योगेश भट्टराईले राजधानी उपत्यकामा पार्टी स्थापना दिवसका अवसरमा दिउँसो १ बजे प्रज्ञा भवन कमलादीको हलमा विशेष कार्यक्रम आयोजना गर्ने जानकारी दिए । उनका अनुसार उपत्यका बाहिरका कमिटीहरुले आफ्नो स्थानीय अनुकुलता अनुसारका कार्यक्रम गरि पार्टीको स्थापना दिवस् मनाउने छन् । 

विज्ञप्तिमार्फत पार्टीले प्रज्ञा भवनमा हुने कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता आव्हान पनि गरेको छ । बिहिबार  नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको अध्यक्षतामा विशेष बैठक बसी ७२ औं नेकपा स्थापना दिवसलाई भव्यताका साथ नेकपा (एमाले)को एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ देशव्यापी विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । 

बैठकमा जनसंगठन तथा मोर्चा संगठनका इन्चार्ज समेत रहेका स्थायी कमिटीका सदस्य,सम्पर्क समन्वय कमिटीका संयोजक तथा सह संयोजकहरु, उपत्यका विशेष कमिटीका संयोजक, उपत्यकाका तीनवटै भुगोल कमिटीका इन्चार्ज तथा अध्यक्षहरु, जनसंगठन तथा मोर्चा संगठनका प्रमुखहरु लगायत सहभागी रहेको थियो ।

विज्ञप्ति हेस्नुहोस्May be an image of text

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार