दुई वटा हेलिकप्टरबाट बिपद्मा परेकाहरुलाई आधा भाडामा उद्धार गर्छु-कान्छाराम तामाङ्

| भदौ १६, २०७८ बुधबार

तस्विर नारायाण बोगटीको फेस्बुकबाट साभार
A A A
A A A

रामेछाप । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पूर्णबहादुर तामाङ (कान्छाराम) ले जिल्लाभरिका विपन्न परिवारलाई ५० प्रतिशत् छुट्मा हेलिकप्टरबाट उद्धार गर्ने बचन दिएका छन् ।

 

नेपाली कांग्रेस रामेछाप मन्थली नगरपालिका ४ सालुको कांग्रेस पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ्ले भने 'म जिल्लाका विपन्न परिवारका, दुखी, पीडित र गम्भिर बिरामीहरुको तत्काल हेलिकप्टरबाट उद्धार गर्नु पर्ने भए लाग्ने चार्जमा ५० प्रतिशतमै उद्धार गर्ने छु । सबै रामेछाप बासीको म सेवक हुँ । सेवा गर्ने मौका दिनुहोला यो पटक मैले पार्टी सभापतिमा उम्मेद्वरी दिने घोषणा गरेको छु । सालुमा २६ भोट छ । २६ सै भोट मलाई दिनुहोला ।'


आफू कर्णाली एरयको केन्द्रीय अध्यक्ष बनेको जानकारी गराउदै निर्माण व्यवसायी समेत रहेका तामाङले जिल्लामा दुई वटा हेलिकप्टर मन्थलीमा ल्याएर औपचारिक रुपमै रामेछापेली जनताको उद्धार र सेवा गर्ने घोषणा तत्कालै गर्ने उद्घोषण गरे ।

 

उनी आजको कार्यक्रममा पनि हेलिकप्टर चढेरै काठमाडौबाट सालु आएका थिए । 


उनले जिल्लामा कांग्रेस अहिलेको कम्जोर बनेको भन्दै बालियो कांग्रेस बनाउन आफ्नो सभापतिमा उम्मेद्वरी भएको जिकिर गरे ।