सालुमा एमाले र माओवादीसहितका दल त्याग्दै कांग्रेसमा २६४ जना प्रवेश

| भदौ १७, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१७भदौ,रामेछाप । नेपाली कांग्रेस रामेछापमा दर्जनौं प्रवेश गरेका छन् ।

 

बुधबार मन्थली नगरपालिका ४ सालुमा भएको कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले, नेकपामा माओवादी, जनता समाजवादी (जसपा),राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगाएत अन्य पार्टी परित्याग गर्दै दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । 


कांग्रेस पार्टी सभापति लवश्री न्यौपानेसहितको सहभागिता रहेको कार्यक्रममा एमाले र माओवादी पार्टी परित्याग गरि कूल २ सय ६४ जना कांग्रेसमा प्रवेश गरेका थिए ।

 

उनीहरुलाई सभापति न्यौपाने र महाधिवेशन प्रतिनिधि समेत रहेका १४ औं महाधिवेशनका पार्टी सभापतिका उम्मेद्वराद्वय कानछाराम तामाङ्ले पार्टीमा स्वागत गरेका थिए । ढिलै भएपनि उनीहरु सहिठाउँमा आएको भन्दै तामाङ्ले गाउँका अन्य मानिसहरुपनि चाँडा कांग्रेसमा आउने दाबी गरे ।