रामेछाप मन्थलीमा हुन लागेको जेसिज सम्मेलनको सबै तयारी पूरा (भिडिओसहित)

जिल्लाको धार्मिक तथा पर्यटकिय विकासमा विशेष सेवा पुग्ने जेसिजको विश्वास्

| भदौ १८, २०७८ शुक्रबार

A A A
A A A

१८ भदौ,रामेछाप । यही भदौ २५ र २६ हुन लागेको नेपाल जेसिजको क्षेत्रगत सम्मेलनको तयारी पूरा भएको छ । नेपाल जेसिज् क्षेत्र 'ग' सम्मेलन रामेछापको मन्थलीमा यही भदौ २५ र २६ गते भव्यताका साथ हुदै छ । त्यसको लागि सबै तयारी पूरा भएको नेपाल नेपाल जेसिज् रामेछापले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । 


बिहिबार कार्यक्रम आयोजना गर्न लागेको ठाउँमै पत्रकार सम्मेलन गरि केही सानातिन प्राविधिक काम बाहेक सबै तयारी सकिएको नेपाल जेसिज् २०२० का अध्यक्ष गोपाल खड्काले बताए । उनले भने 'सबै तयारी सकिएको छ । कार्यक्रम प्रमुख अतिथि, अतिथि को-को आउने, ल्याउने भन्नेबारेमा आज भोलीमा टोङ्गो लाग्छ । अरु सबै तयारी सकिएको छ ।'

 

जिल्लामै पहिलो पटक हुने लागेको यो सम्मेलनले जिल्लाको धार्मिक, संस्कृतिक,भाषिक, पर्यटकिय क्षेत्रको आदान प्रदानमा विशेष महत्व राख्ने उनले बताए । त्यसको लागि जिल्लाका स्थानीय तहहरुसंगको समन्वयमा डकुमेन्ट्री प्रर्दशन, झाँकि प्रर्दश, लगाएतका संस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गर्ने खड्काले बताए । 


३५ वटा शाखाहरुका जेसिजमा आबद्ध २ सयजना भन्दाबढी जेसिज् (आन्तरिक पर्यटक) हरुको उपस्थिति रहेने भएकाले यहाँको रहनसन स्थानीय वस्तु तथा सेवाको खरिद् बिक्री बढ्ने अपेक्षा गरिएको छ । उनीहरु एक दुई दिन उनीहरुको ईच्छा अनुसार जिल्लामा रहन सक्ने बताइएको छ । 


त्यसको लागि जिल्लाका सबै धार्मिक तथा ऐतिहासिक भूगोलहरु समेटेर लोगो समेत रामेछाप जेसिजले तयार पारिसेको छ ।


यो सम्मेलन जिल्लामा व्यवसायिक बन्न चाहानेहरुलाई व्यवसायिक ज्ञान समेत आदान प्रदान गर्ने कार्यक्रम सेडुल अनुसार मिलाइएको समेत खड्काले बताए । उनका अनुसार नेतृत्व र व्यक्तित्व विकास गर्दै युवालाई उद्यमसिलतासँग जोड्नका यो सम्मेलन अतिनै महत्वपूर्ण हुने छ । 


कोरोना महामारीकाबीच हुन लागेको उक्त सम्मेलनमा स्वास्थ्य सुरुक्षामा सबै मापदण्ड पालना गरिने र पीसिआर परिक्षणको समेत व्यवस्था गरिने खड्काले बताए । 

जेसिज रामेछापले यहाँका धार्मिक तथा ऐतिहासिक ठाउँको भू-भाग समेटर बनाएको लोगो ।

जेसिज रामेछापले यहाँका धार्मिक तथा ऐतिहासिक ठाउँको भू-भाग समेटर बनाएको लोगो ।

त्यसको लागि रामेछाप जेसिजका सबैलाई जिम्मेवारी बाँडफाँड गरिए सकिएको र उनीहरुले राम्रो व्यवस्थापन गर्ने खड्काले विश्वास् दिलाए ।  

 

पहिलो पटक हुन लागेको यो सम्मेलन सफल पार्न सबैलाई जेसिजले आग्रह समेत गरेको छ ।