रमेश बस्नेतले भेटे एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई (फोटोफिचर)

| भदौ १९, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१९ भदौ,रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाललाई भेटेका छन् । बस्नेतसंगै जिल्लाका पूर्व नेपाल समूहका नेता,कार्यक्रताहरुको पनि सहभागिता रहेको थियो । 


एमालेबाट फूटेर (एस) बनेपछि एक्लै भएपनि माधव नेपालको साथ नछोड्ने बचन दिदै आएका बस्नेतले शनिबार राजधानी पुगेर नेपाललाई भेटेका हुन् । एक कार्यक्रमकाबीच भेटघाट भएको बताइएको छ । 

 

निर्वाचन आयोगले आउँदो भदौ २२ गते सम्म दल रोज्न पाउने अधिकार दिएको छ । 


दल रोज्ने मिति नजिकिदै गर्दा सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाका नगरप्रमुख समेत रहेका बस्नेतले नेपाललाई भेट्नुलाई अर्थ पूर्ण रुपले हेरिएको छ । 

 

 

त्यस्तै हिजो शुक्रबार जिल्लाको गोगुलगंगा गाउँपालिका वडा नं ५ नामाडीका वडाध्यक्षले (एस) मा सनाखत गरेका छन् ।  

 


जिल्ला निर्वाचनको कार्यालयमा आएर नामाडीका वडाध्यक्ष बलराम खड्काले नेकपा एमाले त्यागेर नेकपा (एस) मा रहने भन्दै सनाखत गराएको रामेछापका निर्वाचन अधिकारी सम्भुकुमार कटुवालले बताए । 

फोटो सुनौलो रामेछापको फेस्बुकबाट साभार