रामेछाप जिल्लामा निषेधाज्ञा पूर्ण रुपमा हटाउने प्रशासनको निर्णय,सबै विद्यालय खुल्ने

| भदौ २१, २०७८ सोमबार

फाईल फोटो
A A A
A A A

२१ भदौ,रामेछाप । रामेछाप जिल्लामा लकडाउन अर्को आदेश नहुदाँ सम्मको लागि हटेको छ । 


सोमबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएमसी) को बैठकले अर्को आदेश नहुँदा सम्मको लागि जारी निषेधाज्ञा पूर्ण रुपमा हटाएको जिल्ला प्रशासन कार्यालय रामेछाप  निकट स्रोतले रामेछाप टाइम्सलाई जानकारी दियो । 

 


स्रोतले भन्यो 'विद्यालयहरु सबै खुल्ला गर्ने, पसलहरु पूर्ण रुपमा खुल्ला गर्ने निर्णय गरेको छ । ठूला सभा, जुलुस, भेला गर्न पाईदैन । अरु सबै खुल्ला भएको छ ।'

 

  
जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको डिसिसिएमसीको बैठकले लकडाउन खुल्ला गर्दै ५ महिना भन्दा लामो समयदेखि बन्द विद्यालयहरु खुल्ला गर्ने निर्णु गरेको स्रोतले बताएको हो । 

 

जिल्लामा केही दिन यता कोरोनाका नयाँ संक्रमिति घट्दै गएको परिवेशलाई ध्यानमा राख्दै लकडाउन हटाइएको हो । 

 

जिल्लामा पछिल्लो पटक थपिएको लकडाउन भोली राति १२ बजेसकिदै छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार