खिम्ती-मन्थली सडक अबरुद्ध

| भदौ २१, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२१ भदौ,रामेछाप । मन्थली खिम्ती सडक पुन अबरुद्ध भएको छ । 
अहिले पहिराे खसिरहेकाले यात्रा नगर्ने आग्रह गरिएको छ । 

 

गएरातिदेखि परेकाे अविरल बर्षाका कारण बन्द भएको भएको सडक दिउसो पख खुलाइएको थियाे । पूःनह साेमबार रातिदेखि पहिराे सखेर सडक अबरुद्ध बनेकाे वडा अध्यक्ष सुवास बाेहाेराले जानकारी दिए । 


उनका अनुसार अहिले पहिराे खसि रहेकाे छ । 

वर्खायाम सुरु भएयता लिखु तामाकोसी गाउँपालिकाकाे तिल्पुङकाे छहरामा पहिराे खस्दै सडक पटक पटक अवरुद्ध हुदै आएकाे छ । 
पहिराे खसेर सडक अवरुद्ध हुँदा जिल्लाकाे उमाकुण्ड, गाेकुलगंगा गाउपालिका जाेड्ने सडक पूर्णरूपमा अवरुद्ध हुने गरेका छन् । साे ठाउँबाट भित्रीएका सवारीसाधन जिल्ला सदरमुकाम मन्थली सहित काठमाडौ जाने मुख्य मार्ग हाे । 

त्यस्तै याे सडकले दाेलखा जिल्लालाई पनि जाेड्द छ ।