दोरम्बाको ओख्रेनीका तीन घरमा आगोलागी हुँदा १९ लाख बराबरको क्षेती

| बैशाख ३, २०७८ शुक्रबार

संकेतिक फोटो फाइल
A A A
A A A

३,वैशाख, रामेछाप । रामेछाको दोरम्बा गाउँपालिकामा आगोलागी हुँदा १९ लाख बराबरको क्षेती भएको छ । 
आज (शुक्रबार) बिहान करिव ४ ः ३० बजे लागेको  आगोमा परि  तीन घर जलेर नष्ट हुदा १८ लाख ५० हजार बराबरको क्षेती भएको  जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
गाउँपालिकाको वडा नं २ ओख्रेनीस्थिर डिक बहादुर नेपालीको घरबाट आगो लागेको थियो ।

आगोलागीमा परि स्थानीय तुलसी नेपाली र सन्तमायाँ नेपालीको २ तल्ले घर जलेका छन् । 
आगो दोरम्बास्थित् प्रहरी र नेपाली सेनासहितको टोलीले नियन्त्रणमा लिएका छन् ।

आगोलागीमा मानवीय क्षेती भने भएको छैन् । तर, तीन घरकै नगद रुपैयाँ ६० हजार ५० हजार र १० हजारसहित घरभित्रका सबै सामान्, अन्नपात, लत्ता कपडाहरु सबै जलेको हो ।
आगो केकारणले लागेको खुलेको छैन् । 
 

रामेछाप टाइम्स
| पुस ८, २०८२ मंगलबार