विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने लिखु तामाकोशीबाट पक्राउ

| भदौ २३, २०७८ बुधबार

सांकेतिक तस्विर
A A A
A A A

२३ भदौ, रामेछाप । चोरी गर्दै आतङ्क मचाउने एक जना लिखु तामाकोशी गाउँपालिकाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेको परिचय खुलाइएको छैन । 

 

उनलाई मंगलबार लिखु तामाकोशी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछाप स्रोतले रामेछाप टाइम्सलाई जानकारी दियो ।

 

उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको छ । पक्राउ परेका उनी विभिन्न चोरीका घटनामा संलग्न रहेको बताइएको छ । 

 

उनीमाथि अनुसन्धान जारी रहेको बताइएको छ । 

 

जिल्लामा पछिल्लो समय चोरीका घटना बढ्दै गएका छन् । यसअघि गोकुलगंगा गाउँपालिकाको नामाडी, बेताली र मन्थली नगरपालिकाको वडा नं ५ सुनुवार पानीका विभिन्न घर पसल, विद्यालय तोडफोड् हुनुका साथै नगद चोरी भएको थियो ।