बागमती प्रदेशमा चार राज्य मन्त्रीसहित १० मन्त्री थपिए

| भदौ २३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२३ भदौ,रामेछाप । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले आज मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई मन्त्रालयको जिम्मेवारी सुम्पिन लागेकी हुन् । मुख्य मन्त्री शाक्य भने आफै अल्पमतमा छिन् । 

 


एमाले फुटेर एकिकृत समाजवादी पार्टी (एस) बनेपछि शाक्यले एमाले रोजेकी थिइन् । योसंगै उनी अल्पमतमा परेकी हुन् । आज मन्त्रिपरिषद् विस्तार गर्दै उनले चार राज्य मन्त्री बनाएकी छिन् । 


शाक्यको नेत्रित्वमा रहेको प्रदेश सरकारमा अब बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठ र जीवन खड्का राज्यमन्त्री हुन् । 

 


त्यस्तै रामेछापका एमाले अध्यक्ष बनेका शान्ति प्रसाद् पौडेल पनि मन्त्री बन्ने भएका छन् । पूर्व एमालेमा माधव नेपाल निकट मानिने पौडेल एस बनेपछि एमालेमा बसेका थिए । साथै जिल्लाको एमाले पार्टी अध्यक्ष पनि उनीनै बनेका छन् ।


 आज थपिएका मन्त्रीहरुले कुन कुन मन्त्रालय पाने भन्ने अहिले खुलाइएको छैन ।

 

आज मन्त्री बन्न नाम परेकाहरुमा अजय क्रान्ति शाक्य, चन्द्र लामा, रचना खड्का, शान्तिप्रसाद पौडेल, प्रदीप कटुवाल, विजय सुवेदी,सरस्वती बाटी, बद्री मैनाली, जुनेली श्रेष्ठ र जीवन खड्का रहेका छन् ।