आज एकैदिन ९ सय जनामा कोरोना पुष्टि
फाइल फोटो
३,वैशाख, रामेछाप । नेपालमा शुक्रबार एकैदिन ९ सय कोरोनाका संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ ।
यस्तै, २४ घण्टामा २०८ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार ८१२ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।
नेपालमा कोरोना संक्रमणबाट आज थप ४ जनाको निधन भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।
त्यस्तै ५ हजार ८ जना सक्रिय संक्रमित र ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २३ लाख ३५ हजार ८४ पीसीआर परीक्षण भएका छन् ।
