सोलुखुम्बुमै पहिलो पटक भू–सेवा केन्द्र संचालनमा
फाइल फोटो
३,वैशाख, सोलुखुम्बु । सोलुखुम्बु जिल्लामै पहिलो पटक संस्थागत भू–सेवा केन्द्र संचालनामा आएको छ । श्रेस्ता कायम बाहेकका सेवा प्रवाह गर्ने गरी उक्त कार्यालय स्थापना गरिएको भू–सेवा केन्द्रका अध्यक्ष विरुदास श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भू–सेवा केन्द्रबाट राजिनामा, अंशबण्डा, अंशभरपाई, हालैको बकशपत्र, शेसपछिको बकशपत्र, दानपत्र, दर्ताफारी लगायतका काम गरिने छ । मालपोत कार्यालय नजिकै स्थापना गरिएको भू–सेवा केन्द्रको शुक्रबार एक कार्यक्रमकाबीच सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राइले ब्यानर पढेर उद्धाटन गरेकी हुन् ।
कार्यक्रमलाई सम्बोधन् गर्दै उपमेयर राईले नागरिकमैत्री सेवामा जोड दिनुपर्ने तथा सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँनु पर्ने बताइन् । साथै, सो कार्यलाई निरन्तरता दिँदै गर्दा समस्या सिर्जनामा भएमा नगरपालिका सहयोग गर्न तयार रहेको समेत बताइन् ।
यस्तै, लेखापढी व्यवसायी संघका अध्यक्ष जाङ्बु शेर्पाले भौगोलिक रुपमा विकट जिल्ला सोलुखुम्बुमा भू–सेवा केन्द्र सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै त्यआँ रहने कर्मचारीहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने बताए ।
अनलाईनको माध्ययमबाट सबै काम गर्नु पर्ने हुँदा त्यही अनुसार स्रोत साधनको व्यवस्थापन गर्नुपर्ने, नगरिक समक्ष सरल, सहज रुपमा सेवा विस्तार गर्नुपर्ने वडा नम्बर ६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
