मन्थली मावि मन्थलीका छात्रा, नगरस्तरिय “वक्ततितोकला प्रतियोगितमा” प्रथम

| भदौ २९, २०७८ मंगलबार

फाइल फोटो मन्थलीको फेस्बुकबाट साभार
A A A
A A A

२९ भदौ,रामेछाप । नमूनाका लागि अग्रसर मन्थली मावि मन्थली नगरस्तरिय वक्ततितोकला प्रतियोगितमा प्रथम भएको छ । 

 

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा मन्थली नगरपालिकाको आयोजना र मन्थली नगर बालकल्व संजाल मन्थलीको समन्वयमा आयोजित “सामान्य अवस्था वा कोभिड बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने शिर्षकमा भएको प्रतियोगितामा मन्थली माविका छात्रा मनिका बुढाथोकी प्रथम र सेविका घिमिरे द्वतिय बनेका हुन् । उनीहरुले प्रथम हुनेले नगद् ५ हजार, ४ हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

 


त्यस्तै सरस्वति मावि चनखुका अनिषा बोहोरा तृतिया बनेकी छन् । उनले नगद् तीन हजारको साथमा प्रमाण पत्र हात पारेकी छन् । भने मन्थली १२ गेलु,सिग्राल मावि सिग्रालका निसान भुजेल सान्तवना बनेका छन् । उनले नगद् २ हजारको साथमा प्रमाणपत्र हात पारेको नगरपालिकाका महाशाखा प्रमुख एवं शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोलीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

नगरपालिकाले आजयोजना गरेको कार्यक्रममा जनचेतना मूलक र्याली समेत प्रर्दशन गरिएको मन्थली नगरपालिका बाल संजाल अध्यक्ष उत्सभ केहीले रामेछाप टाइम्सलाई जानकारी दिए ।