७३ वर्षीय बृद्धालाई जबरजस्ती करणी गरेर फरार बेतालीका मुग्राती घरबाटै पक्राउ

| भदौ २९, २०७८ मंगलबार

सांकेतिक तस्विर
A A A
A A A

२९ भदौ, रामेछाप । ७३ वर्षीय बृद्धालाई जबरजस्ती करणी गरेर ९ महिनादेखि फरार रहेका एक पुरुष गोकुलगंगा गाउँपालिका ४ बेतालीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका शुकबहादुर मुग्राती रहेका छन् ।

 

उनी गत सोमबार उनकै घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 


उनले २०७७ पुष महिनामा ७३ वर्षीय बृद्ध महिलालाई बृद्ध महिलाको घरको ढोकाको चुक्कुल लगाई जबरजस्ती करणी गर्ने उदेश्यले ती वृद्धको घाँटिमा समाएका थिए । त्यस्तै महिलाको संवेदनशिल अंगमा समेत समाएका थिए । 

 

सोही करणीपछि फरार भएर भारतमा लुकिच्छिपी बस्दै आएका मुग्राती केही दिन अघि नेपाल आएर उनकै घरमा बस्दै आएको खबर पछि अस्थाई प्रहरी चौकी बेतालीबाट खटिएको प्रहरीको टोलीले सोमबार पक्राउ गरेको हो । 


 पक्राउ परेका मुग्रातीमाथि जबरस्ती गर्ने उद्योगमा मुद्दा दर्ता भै जिल्ला अदालत रामेछापबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरीका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।