सर्वाेच्चका लागि सिफारिस गरिएका दुई न्यायाधीश अनुमाेदित
फाइल फोटो
४,वैशाख, काठमाडौं । सङ्घीय संसद्काे संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । शुक्रबार समितिले डाक्टर कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिसलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले शुक्रवारनै सुनुवाइ गरेको थियो । यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।
