मैत्रीपूर्ण फुटबल खेलमा मन्थली नगर युवा संजाल प्रथमः दुई टिम बराबरी

| असोज ३, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

३ असोज,रामेछाप । ७ औं संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मन्थली नगर युवा संजाल टीम प्रथम भएको छ ।

 

रामेछाप जिल्ला फुटबल संघ रामेछापको आयोजना र वातावरण संरक्षण परियोजना रामेछापको सहयोगमा खेल आयोजना गरेको हो । 

 


चार टिम सहभागी मैत्री पूर्ण खेलमा आफ्नो प्रतिस्पर्धी टिमलाई ३-१ ले पछि पार्दै संजालको टिम प्रथम बनेको हो । प्रथम बन्ने टिमले नगद् ७ हजारको साथमा प्रमाण पत्र प्राप्त गरेका छन् । 

 

त्यस्तै कर्मचारी मिलान केन्द्र रामेछापको टिम द्वतिय बनेको छ । उसले आफ्नो प्रतिस्पर्धीलाई २-० ले हराएको छ । 


त्यस्तै चारटिम सहभागी खेलमा नेपाल पत्रकार महासंघ रामेछाप र उधोग वाणिज्य संघ रामेछापको टिम दुवै गोल रहित् बन्दै बराबरी सान्तवना बनेका छन् । उनीहरुले प्रमाण पत्र प्राप्त गरेका छन् ।  


स्वास्थ्यका लागि खेलकुद्,राष्ट्रको लागि खुलकुद् भन्ने नाराका साथ खेलाइएको खेलमा संविधानले नेपाली जनतामाथि देखाएको खुसी र संविधानको सम्मानको लागि पहिलो पकट खेल आयोजना गरेको आयोजक संघले जनाएको छ । 
 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार