सुनापतिमाः छात्रालाई फोनमा फकाई-फकाई भेट्न डाकेर, कोठामा लागि करणी गरि भाग्दै गरेका रायमाझी पक्राउ

| असोज ४, २०७८ सोमबार

सांकेतिक तस्विर
A A A
A A A

४ असोज,रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा छात्रालाई ललाई फकाई जबरजस्ती करणी गर्न खोज्ने किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालिकाको वडा नं २ दिमिपोखरीका अन्दाजी १८ को राजकुमार रायमाझी हुन् । 

 


उनले सोही ठाउँकी ती छात्रालाई विभिन्न प्रलोभन देखाई पकट पकट फोन गरि एक्लै भेट्न बोलाएका थिए । भेट्न बोलाएर ती किशोरले छात्रालाई रायमाझीले उनकै घरमा लागि उनी सुत्ने कोठा राखेर विभिन्न किसिमको डर,त्रास र धम्किसहित अवान्छित, अमर्यादित र अस्वभाविक ब्यवहार गरेको रामेछाप प्रहरीले जनाएको छ ।

 


उक्त अपराधिक कार्या गरेर रायमाझी भग्दै गरेको अवस्थामा बिहान अन्दाजी ५ ०० बजे साँदिडाँडाबाट पक्राउ परेका हुन् । उनी काठमाण्डौ तर्फ जाँदै गरेका थिए ।   


पक्राउ परेका रायमाझीलाई जिल्ला अदालत रामेछापबाट ३ दिनको म्याद थप गरि बालयौन दुरुपयोग कसुरजन्य अपराधिक कार्य अन्तर्गत बालयौन दुरुपयोग गर्न नहुने कसुरमा अनुसन्धान कार्य जारी रहेको रामेछाप प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।