एमाले खाँडादेवीको संयोजकमा पुष्करकुमार कार्कीः ७५ सदस्यीय समिति बिस्तार

| असोज ५, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

५ असोज,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खाँडादेवी गाउँपालिकाको संयोजकमा पुष्करकुमार कार्की चयन भएका छन् । कार्कीको संयोजकत्वमा ७५ सदस्यीय समिति गठन गरिएको अध्यक्ष कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए  ।

 

उनले भने 'मेरो संयोजकत्वमा ७५ सदस्यीय समिति गठन गरेका छौं ।'


सोमबार गाउँपालिका कमिटीको बैठकले सचिवमा मोतीलाल तामाङलाईनै निरन्तरता दिएको छ ।

 

केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज कैलाश ढुङ्गेललेसहितको उपस्थितिमा समिति गठन गरिएको हो ।

 

तत्कालिन समयमा अध्यक्ष ज्ञानकुमार श्रेष्ठ माधव नेपालसंग लगागेपछि गत पुष ५ गते कार्कीलाई गाउँपालिकाको अध्यक्ष घोषणा गरिएको थियो ।

 

अहिले श्रेष्ठ माधव नेपालले एकिकृत समाजवादी पार्टी गठन गरेपछि एमालेमै लागेपछि श्रेष्ठकै अध्यक्षतामा बसेको बैठकले कार्कीलाई अध्यक्षतामा समितिलाई पूर्णता दिएको हो ।

 

बैठकले आउँदो असोज १५ गतेभित्र सदस्यता नविकरण गर्ने निर्णय समेत गरेको छ  । एमाले रामेछाप हाल संगठन विस्तारलाई तिवृताका साथ अगाडि बढाउदै गरेको बताइएको छ ।