काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परि रामेछापका युवकको निधन्

| असोज ८, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

०८ असोज,रामेछाप । काठमाडौं पेप्सिकोलामा मोटरसाईलक दुर्घटनामा परि रामेछापका एक युवकको ज्यान् गएको छ ।

 

गत मंलबार मोटरसाईलक दुर्घटनामा परि गोकुलगंगा गाउँपालिका वडा नं फर्पुका लक्ष्मण सुनुवारको निधन भएको वडा अध्यक्ष एवं वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार उनको उपचारको क्रममा ज्यान गएको हो ।  

 

हाल काठमाडौं महानगरपालिकाका छाप्रोमा बस्दै आएका सुनवारलाई गत मंगलवार साँझ पदैल हिँडिरहेको अवस्थामा प्रदेश ३०२–०११ प ३६१९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । 

 


मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सुनुवारको  उपचार क्रममा मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा ज्यान गएको हो ।