बागमती प्रदेश स्तरीय कराते प्रतियोगितामा रामेछाप प्रथम
फाइल फोटो
५, वैशाख, मन्थली । बागमती प्रदेश स्तरीय कराते प्रतियोगितामा रामेछापले प्रथम स्थान हाँसिल गरेको छ ।
काठमाण्डौमा सम्पन्न बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा रामेछापले ७ स्वर्ण, २ रजत र ५ कास्य सहित प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा रामेछापकै सरोज माझी उत्कृष्ठ खेलाडी घोषित भएका छन् ।
प्रतियोगितमा आयोजक समूह काठमाण्डौले दोस्रो र सरस्वती डोजोले तेस्रो स्थान हासिल गरेका थिए ।
२० देखि ६० केजी समुहको छुट्टा छुट्टै प्रतियोगिता गराइएको थियो ।
शुक्रवार र शनिवार २ दिन सञ्चालन भएको उक्त प्रतियोगितामा बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका खेलाडिहरूको सहभागिता रहेको थियो ।
