दोस्रो राष्ट्रिय माझी फुटबल आउदो मंसिर १५ गतेदेखि रामेछापमा गर्ने निर्णय

| असोज १०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१० असोज,रामेछाप । रामेछापमा दोस्रो राष्ट्रिय माझी फुटबल गोल्ड कप प्रतियोगिता आउदो मंसिर १५ देखि हुने भएको छ । 



शनिबार बसेको समितिको बैठकले मंसिर १५ गतेदेखि २० गतेसम्म प्रतियोगिता संचालन गर्ने निर्णय गरेको नेपाल माझी खेलकुद विकास समितिका प्रचारप्रशार संयोजक बालकृष्ण माझीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार खेल क्षेत्रको विकासको लागि विगतदेखि आयोजना गर्दै आएको प्रतियोगितामा देशभरिका राष्ट्रिय खेलाडीहरुले भाग लिन पाउने छन् । “जसको लागि मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, लिलितपुर, काभ्रे, सर्लाही, महोतरी, पश्चिमका विभिन्न जिल्लाबाट खेलाडीहरुले सम्पर्क गरिरेका छन् माझीले रामेछाप टाइम्ससंग भने ।”

 


खेल मन्थली नगरपालिका वडा नं ६ कुनौरी खेल मैदानमा खेलाईने उनले बताए । त्यसको लागि विभिन्न उपसमितिहरु गठन गरेर काम अगाडि बढाइसकिएको माझीले रामेछाप टाइम्सलाई बताए ।


खेलमा प्रथम हुने टिमले नगद २ लाखको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

 

त्यस्तै द्वतिय हुने टिमले नगद् १ लाख ५० हजारको साथमा मेडल प्रमाणपत्र, तृतिय हुने टोलीले १ लाख नगदसहित प्रमाणपत्र र सान्तवना हुने टिमले नगद् २५ हजार प्राप्त गर्ने छन् ।
 

 

पकट-पकटको छलफलपछि खेल आयोजना गरिएको हो । कोरोना महमारी हटेको नभै घटेको परिस्थितिलाई ध्यानमा राख्दै खेल आयोजना गरेको माझीले बताए । “राष्ट्रिय स्तरमा पनि खेलकुद्हरु भैरहेका छन्, त्यसैले हामीले पनि जिल्लामा खेल क्षेत्रलाई अगाडि बढाउन खेल आयोजना गरेका हौं माझीले भने ।” 

 

परिस्थितिलाई हेरेर स्वास्थ्य मापदण्ड पालन गरि खेल आयोजना गर्न लागिएको उनले बताए । 

 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार