मन्थली नगरसभापतिमा शंखर अधिकारीको मात्रै उम्मेद्वरी दर्ताः सभापतिमा घोषणा हुने मात्रै बाँकि,

| असोज १०, २०७८ आइतबार

फाइल फोटो बिमल पौेडेलबाट प्राप्त । पार्टी कार्यालय मन्थलीमा भेला भएका कांग्रेस कार्यकर्ताहरु ।
A A A
A A A

१० असोज,रामेछाप । आज रामेछापमा एकै दिनै भैरहेको गाउँ/नगरको निर्वाचन परिणाम आउन थालेको छ । जिल्लाका आठ वटै स्थानीय तहको गाउँ नगरको निर्वाचन आज एकै दिन भैरहेको छ । 

 


योसंगै सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको सभापतिमा एक जनाको मात्रै सभापतिमा उम्मेद्वरी परेको छ ।  शंखर अधिकारीको मात्रै सभापति पदको लागि उम्मेद्वरी परेको स्रोतले जनाएको छ । स्रोतले भन्यो 'सभापतिमा एक जनाको मात्रै उम्मेद्वरी दर्ता भएको छ । निर्वाचन टोलीले घोषणा गर्न बाँकि छ ।'


आज जिल्लामा एकै दिन गाउँ नगरको निर्वाचन भैरहेको छ । धेरै ठाउँमा सहमतिमै समिति गठन प्रक्रिया अगाडि बढिरहेको गाउँ नगरमा रहेका कांग्रेसका नेताहरुले बताएका छन् । 

 


मन्थलीमा अधिकारी निर्विरोध निर्वाचित् बनिसकेका छन् । बाँकि पदाधिकारीहरुको विषयमा सहमतिको प्रयास भैरहेको वडा नं १ पार्टी कार्यालयमा पुगेकी पत्रकार ज्ञानु श्रेष्ठले जानकारी दिइन् ।