दोरम्बा शैलुङ्ग्को सभापतिमा केशवकुमार लामा ७ मतले बिजयी

| असोज १०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१० असोज,रामेछाप । नेपाली कांग्रेस दोरम्बा शेैलुङग गाउँपालिकाको सभापतिमा केशवकुमार लामा निर्वाचित् भएका छन् । लामाले ६८ मत ल्याएर बिजयी बजेका हुन् ।

 

उनका प्रतिस्पर्धी लालबहादुर थापा मगरले ६१ मत ल्याएका छन् । उनीहरुबीच ७ मतको अन्तरले लामा बिजी बनेका हुन् ।

 

आज जिल्ला भर भैरहेको गाउँ/ नगर अधिवेशन अन्तर्गत सचिवमा विष्णु रानामगर र हेम बहादुर रानामगर निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ८२ र ७१ मत ल्याएका छन् ।

 

 

सचिवका अर्का प्रत्याशी धन बहादुर लामाले ६६ मत पाएका छन् ।  त्यस्तै सह सचिवमा बिक्रम तामाङ र सेते लामा निर्वाचित भएका छन् ।