“पार्टी सभापति न्यौपानेको १० बुँदे घोषणा पत्र यस्तो छ”

| असोज १३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१३ असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति एवं १४ औं महाधिवेशनमा जिल्ला सभापति पदको उम्मेद्वर लवश्री न्यौपानेले १० बुँदे घोषणापत्र जारी गरेका छन् । 


उनी सामाजिक संजाल फेस्बुकमा घोषणा पत्र जारी गर्दै लेख्छन् “नेपाली काँग्रेसको १४ महाअधिवेशन संघारमा छ । वडा र गाउँ नगर अधिधिवेशन सम्प्पन भईसकेको छ भने क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रिय महाधिवेसन हुन बाँकि नै छ । यतिबेला हामी सबै नेपाली कांग्रेस पार्टीको जीवनलाई गतिशीलता प्रदान गर्न कुशल र सक्षम नेतृत्व चयनको महाअभियानमा छौं । हामीले चुन्ने अबको नेतृत्वले आगमी ५ वर्ष नेपाली काँग्रेस पार्टीलाई नयाँ जीवन प्रदान गर्नेछ । हिजोको नेतृत्वले गरेको योगदानलाई सम्मान गर्दै नयाँ ऊर्जावान नेतृत्व निर्माण गर्नुपर्ने दायीत्व हामीसँग छ । आम जनताको भरोसा भएर सतिसाल झै उभिन सक्ने कांग्रेस निर्माण गर्न हामी सबैको योगदान आवश्कय छ । नजीकिदै गरेको स्थानीय तहको निर्वाचनमा काँग्रेसको बलियो उपस्थिति गराएर सिङ्गो राष्ट्रलाई सत्मार्गको बाटोमा अघि बढाउनु छ । त्यस्तै डेढ वर्ष पछि हुने प्रतिनिधि सभाको निर्वाचनमा अत्याधिक बहुमत सहितको पहिलो पार्टी बनाएर शान्ति सुव्वस्था कायम गर्दै लोकतन्त्रको रक्षा र प्रवर्धन, आर्थिक, सामाजिक, राजनैतिक विकास, मानवीय विकास गर्दै हाम्रो संविधानले निर्देशित गरेका समुदायका धर्म संस्कृति, भाषा, परम्परा र गरिमालाई विकास र रक्षा गर्दै समुन्नत नेपाल र सुखी सम्मपन नेपाली निर्माण गर्ने सपना पूरा गर्नु छ ।”


उनी थपछन् “हाम्रो समाजको विकास र समृद्धिको तिर्खा निकै लामो छ । विगतको दुई तिहाईको बहुमत प्राप्त कम्युनिस्ट सरकारको असक्षमताले जनतामा ठूलो नैराश्यता छाएको छ । एकातिर आम जनतामा राजनैतिक प्रतिको विश्वास घट्दै गएको छ भने राजनैतिक दलहरू आपसी लडाईमा मात्रै सीमित भएको आरोप जनताको छ । अर्कोतिर आम जनताको जीवन विकास गर्न र नेपाली कांग्रेसले बोकेको समुन्नत नेपाल, सम्पन्न र सम्मानित नेपाली बनाउने सपना साकार बनाउने जिम्वेवारी अब आउने नेपाली कांग्रेस नेतृत्वको काधमा छ । यसका लागि हामीले निर्माण गर्ने अबको नेतृत्व जनता प्रति पूर्ण उत्तरदायी भई सिङ्गो देशको उज्ज्वल भविष्य निर्माण गर्न सक्ने हुनुपर्छ। यसका लागि विपी कोइरालाले देखाउनु भएको लोकतान्त्रिक समाजवादको सिद्धान्तमा प्रतिवद्ध भएर आजको बदलिँदो समाजका आयमहरुलाई आत्मसाथ गर्दै सम्वृद्ध देश निर्माणका लागि कटिबद्ध नेतृत्व नेपाली कांग्रेलाई खाँचो छ ।“ 

 

उनले आफ्नो कार्याकालमा सुरु गरेका काम पुरा गर्नको निम्ति एक पटक आफूलाई जिल्ला सभापतिमा दोहोर्याउने आग्रह गरेका हुन् । 


सभापति पदमा पुःनह दोहोरिन चाहेका न्यौपानेले बदलिएको वर्तमान समय र यो सङ्गै थपिएका चुनौतीहरूलाई सामना गर्न दृढतापूर्वक उभिन सक्ने कांग्रेस निर्माण गर्ने उद्धेश्यका साथ १० बुँदे घोषणा पत्र जारी गरेको जनाएको छ् ।

घोषणा पत्र हेर्नुहोस्