रामेछाप प्रदेश 'ख' को सभापतिमा सौरभ केसीको राजेशकुमार श्रेष्ठलाई समर्थन

| असोज १३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१३ असोज,रामेछाप । नेपाली कांग्रेस रामेछाप प्रदेश (ख) को सभापतिमा राजेशकुमार श्रेष्ठलाई सौरभ केसीले समर्थन जनाएका छन् ।

 

बिहिबार हुन गैरहेको १४ औं महाधिवेशन अन्तर्गतको जिल्ला प्रदेश अन्तर्गत रामेछापको प्रदेश (ख) को सभापतिमा श्रेष्ठलाई केसीले समर्थन गरेका हुन् ।

 


अब संस्थापन पक्षबाट रामकृष्ण ढुङ्गेल र संस्थापनईतर पक्षबाट राजेशकुमार श्रेष्ठको प्रदेश ुखु को सभापति पदमा प्रतिस्पर्धा हुने भएको छ । 


बिहिबार जिल्लाको प्रदेश 'क' र 'ख' मा चुनाव हुदैछ । 


क्षेत्रिय प्रतिनिधिहरुले जिल्लाको नेतृत्व चयन गर्ने छन् ।

 

गत भदौ २३ गते जिल्लामा कांग्रेसको वडा अधिवेशन सकिएको छ । भने गाउँ÷नगर असोज १० गते सम्पन्न भैसकेको छ ।