घाँस काट्न जाँदा लडेर गम्भीर घाइते माझीको ट्रमा सेन्टरमा उपचार हुँदै

| असोज १३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१३ असोज,रामेछाप । रामेछापको मन्थली नगरपालिका ८ जखनिटारमा घाँस काट्ने क्रममा लडेर एक जना गम्भिर घाइते भएका छन् । उनको अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भैरहेको छ । 

 


मंगलबार घर नजिकै घाँस काट्ने क्रममा लडेर घाइते हुनेमा स्थानीय कर्णबहादुर माझी छन् । घाँस काट्न गएका बेला एक्कासी लडेका माझी घाइते भएका हुन् ।

 

 

उनलाई मन्थली स्थित् तामाकोशी अस्पतालमा समान्य उपचारपछि यहाँ पचार सम्भव नभएकाले थप उपचारको लागि काठमाडौं ट्रमा सेन्टरमा उपचार भैरहेको कर्णका भान्जा चन्द्र माझीले जानकारी दिए । 
 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार