रामेछापमा आज क्षेत्रीय निर्वाचनः १४ सय १३ मतदाताले जिल्ला सभापति टुगो लगाउने नेतृत्व छान्दै, तयारी पूरा

| असोज १४, २०७८ बिहिबार

प्रदेश 'क'का क्षेत्रीय सभापति पदका उम्मेद्वराहरु । निरोज खड्का र केशव महत ।
A A A
A A A

१४ असोज,रामेछाप । रामेछाप जिल्लामा आज नेपाली कांग्रेसको प्रदेश अन्तर्गतको क्षेत्रीय निर्वाचन हुदै छ । आठ वटा स्थानीय तह रहेको रामेछापमा दुई प्रदेश अन्तर्गतको क्षेत्र रहेका छन् । प्रदेश ‘क’ र ‘ख’ । आज बुदै प्रदेसमा कांग्रेसको निर्वाचन हुदै छ । बिहिबारको निर्वाचनबाट जिल्लाको नेतृत्व छान्ने गरि पदादिकारी निर्वाचित् हुदै छन् । जसअनुसार क मा ६४५ ख मा ७६८ गरि कूल १४ सय १३ ले मतदान गर्दै छन् । 

 


बिहिबार हुने निर्वाचनको लागि सबै तयारी सकिएको केन्द्रबाट खटिएका निर्वाचन अधिकृत बिष्णु लुइटेलले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार आजको निर्वाचनबाट क्षेत्रका ७ जना पदादिकारी निर्वाचित् हुने छन् । कोषाध्यक्ष भने निर्वाचित् ७ जना पदादिकारी र १६ जना डेडिकेट प्रतिनिधिको समन्वयमा मनोनित् हुने छ । 

 


निर्वाचन अधिकृत लुइटेलका अनुसार बिहान करिब १० बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । उनले भने ‘बिहान ९ बजेसम्म उम्मेद्वरी दर्ताको समय तोकिएको छ । दर्ता भएको उम्मेद्वरीलाई भेरिफिकेसन गर्न एक घण्टा समय लाग्न त्यसपछि १० बजेदेखि ५ बजेसम्म लाईनमा बसेकाहरुले मतदान गर्न पाउछन् । सकिएन भने भोली फेरी त्यसलाई निरन्तर दिन्छौं ।’ 


निर्वाचनको लागि क्षेत्र नं १ को क को मन्थली स्थित् जिल्ला समन्वय समितिको पछाडि पट्टि र २ नं को ख को लिखु तामाकोशी ७ खिम्ती स्थितमा मतदान केन्द्र तोकिएको छ । 


अधिकृत लुइटेलका अनुसार निर्वाचनलाई शान्ति पूर्ण रुपमा सफल पार्न आफूहरु विभिन्न निकायसंग समन्वय गरि हर्दम लागेको बताए । ‘जिल्ला प्रशासन, प्रहरी, पार्टीसबै संग समन्वय भैरहेको छ । हामीसंगै पार्टी पनि शान्ति पूर्ण रुपमा निर्वाचन सफल बाउन लागि परेको छ उनले भने ।’ 


निर्वाचन अधिकृतका अनुसार कांग्रेसको विधान परिमार्जन भएर आउँदा केही समस्या देखिएकाले कार्यकर्ता अल्मलिएको बताए ।

 

‘विधान परिमार्ज भएर आउँछ साथिहरु पनि कन्फियुज्मा हुनु हुन्छ । म बुझ्दै छ । कति निर्वाचन हुने केही बेरमा थाहा हुन्छ उनले भने ।’

 

आज कति पदादिकारी निर्वाचित् हुने केही अस्पष्टता नभएको उनको भनाई छ ।