कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिसहित ५५ जनाले उम्मेदारी दर्ता गरे, मन्थली यस्तो देखियो तस्विर/भिडिओ

| असोज १४, २०७८ बिहिबार

A A A
A A A

१४ असोज,रामेछाप । क्षेत्रीय निर्वाचनको लागि ५५ जनाले सभापति सहित उम्मेद्वरी दर्ता गरेका छन् । अहिले ११ बजेसम्म ५५ जनाले उम्मेद्वरी दर्ता गराएको निर्वाचन अधिकृत बिष्णु लुइटेलले रामेछाप टाइम्सलाई जानकारी दिए । आज नेपाली कांग्रेसको प्रदेश अन्तर्गतको क्षेत्रीय निर्वाचन हुदै छ ।

 

‘आठ वटा स्थानीय तह रहेको रामेछापमा दुई प्रदेश अन्तर्गतको क्षेत्र रहेका छन् । प्रदेश ‘क’ र ‘ख’ दुबै प्रदेसमा कांग्रेसको निर्वाचन हुदै छ । जसअनुसार ‘क’ मा ६४५ ‘ख’मा ७६८ गरि कूल १४ सय १३ ले मतदान गर्दै छन् । 

 

उम्मेदवरी दर्ता सकिएको र अब अन्तिम नामावाली प्रकाशनको तयारीमा छौं लुइटेलले रामेछाप टाइम्ससंग भने ।’


१२ बजेदेखि मतदान सुरु हुने र साँज ५ बजेसम्म समय तोकिएको उनले बताए । 

 

लाईनमा बसेका सबैलाई मतदान गर्न दिन्छौं ।’

 

मतदान क्षेत्र नं १ ''क'' को लिखु तामाकोशीको खिम्तीमा र २ ''ख" को मन्थली नगरपालिकास्थित् जिल्ला समन्वय समितिको पछाडि हुदैछ । 

तस्विर मिलन घिमिरे /रामेछाप टाइम्स