सुनकोशी-२ आयोजना खारेजीको माग गर्दै रामेछापमा माझी समुदायको बिरोद्ध प्रर्दश (फोटोफिचर)

| असोज १४, २०७८ बिहिबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१४ असोज,रामेछाप । नेपाल माझी उथान संघ रामेछापले सुनकोशी २ जलविद्युत् आयोजना खारेजीको माग गर्दै सदरमुकाम मन्थलीमा फेरी बिरोद्ध प्रर्दशन गरेको छ । यस अघि पनि संघले र्यालीसहित प्रर्दशन गरेको थियो । आज पनि माझी समुदायका विभिन्न माद्ल,बाजागाजासहित मन्थलीमा र्याली प्रर्दशन गरेको हो ।

 

उनीहरुले आयोजनाले आफ्नो समुदायको थाक्थलो मास्न लागेको, माझी समुदायको भाषा, धर्म,संस्कृती रितिरिवाज, परम्पराआदी लोप बनाउन लागेको भन्दै यहाँ कुनै पनि हालमा आयोजना बनाउन नहुने भन्दै आयोजना खारेजीको माग गरेका हुन् ।

 

उनीहरुले आजै जिल्ला प्रशासन कार्यालय रामेछापमा समेत आयोजना खारेजीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । 

 

माझी समुदायका भेषभुषासहित आयोजनाको बिरोधमा विभिन्न प्लेकार्ड बोकेका उनीहरुले आयोजना बन्न नदिने भन्दै नाराबाजी गरेका छन् । 

फोटोसबै मिलन घिमिरे/रामेछाप टाइम्स