समानन्तर कमिटी गठन गर्नेलाई लखेटर देखाउन एमाले (ओली समूह) लाई चुनौती
फाइल फोटो
५, वैशाख, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एंव रामेछापका इन्चार्ज देवशंकर पौडेलले समानन्तर कमिटी गठन गर्नेलाई लखेटर देखाउन एमाले (ओली समूह) लाई चुनौती दिएका छन् ।
शनिबार राजधानीमा भएको एक कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष आफूरहेको भन्दै आनन्द श्रेष्ठले देवशकंर पौडेल र शान्ति पौडेललाई समानान्तर कमिटी गठन गरेर हिडेन्ने नेतालाई रामेछापको गाउँगाउँबाट लखेट्छौं भनेको समाचार माध्यममा समाचार आएको तर्फ ध्यानकेन्द्रीत् भएको भन्दै उनले सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएपछि आफूहरुनै आधिकारी पार्टी एमाले भएको ठोकूवा गरे । पार्टीमा अहिले एक जनाको पूजा गरेर हिड्नेहरुले आफूलाई महान देख्न थालेको भन्दै त्यो चाँडै समाप्त हुने टिप्पणी गरे । सहि बाटो र अराजक्ता छोडेर मूल पार्टीको बाटो समाउन सुझाव दिए ।
सच्चिने बेला छ साथिहरु सबै राम्रो बोलेर हिड्नुहोला अराजक्ताको दिन धेरै छैन, हुदैन भने ।
सदरमुकाम मन्थलीमा पत्रकार भेटघाटमा बोल्दै पूर्व सांसद् समेत रहेका नेता पौडेलले प्रतिगमनको बिरुद्ध सबै सचेत नागरिकहरु लागेको दाबी गरे ।
नेपाल पत्रकार महासंघको सम्पन्न निर्वाचनमा देखिएको चुनावी परिणामलाई इङ्गित् गर्दै उनले भने प्रतिगमनको बिरुद्ध, अराजक र सत्ताको लालहित् हुदाको हाल देखिसकियो,कर्णाली प्रदेशमा भएको पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर पनि सबै छर्लङ्ग भएको छ भने ।
