कांग्रेस अधिवेशनः ‘दिउँसो २ बजेसम्म एक मुष्टमा सबै नतिजा सार्वजनिक गरि सक्छौं-अधिकृत लुइटेल’

| असोज १५, २०७८ शुक्रबार

फाइल फोटो मन्थली बजार तत्कालिन अबस्था ।
A A A
A A A

१५ असोज,रामेछाप । नेपाली कांग्रेस रामेछापको प्रदेश अन्तर्गतको क्षेत्रीय निर्वाचन परिणाम दिउँसो २ बजेसम्मा सार्वजनिक भैसक्ने भएको छ ।

 

केन्द्रबाट खटिएका निर्वाचन अधिकृत बिष्णु लुइटेलका अनुसार आज दिउँसो २ बजेसम्म प्रदेश ‘क’ र  ‘ख’ को मत परिणाम सबै सार्वजनिक गर्ने तयारी भएको रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘हामी स(सानो परिणाममा मत सार्वजनिक गर्दा समय लाग्ने देखिएकाले अब एकै पटकमा सबै परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।’ उनका अनुसार क्षेत्र क २५० बढी र ख ३५० बढि मत गणना भैसकेको छ । 

 


कांग्रेस रामेछापको बिहिबार प्रदेश अन्तर्गतको क्षेत्र नं ‘क’ र ‘ख’ मा क्षेत्रीय निर्वाचन सम्पन्न भैसकेको छ । 


हाल मत गणना जारी छ । दुई प्रदेशमा गरि कूल १४ सय १३ जना मतदाताले मतदान गरेका छन् । 


उनीहरुले जिल्लाको नेतृत्व चयन गर्ने प्रतिनिधि छनिने छन् । 


कांग्रेस रामेछापको भोली शनिबार हुने जिल्ला सभापति पदको उम्मेद्वरीमा तीन जनाको उम्मेद्वरी छन् । जसमा हाल पार्टी सभापति समेत रहेका लवश्री न्यौपाने, संस्थापन ईतर समूहबाट कृष्णबहादुर महत र स्वतन्त्र उम्मेद्वरबाट पूर्णबहादुर तामाङ् (कान्छाराम) चुनावी मैदानमा छन् ।