जिल्ला सभापतिका उम्मेद्वर महतको राजनीतिक ईतिहाससहितको १० बुँदे चुनावी घोषणापत्र यस्तो छ
१५ असोज,रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापित पदका उम्मेद्वार कृष्णा महतले १० बुँदे घोषणापत्र जारी गरेका छन् ।
१० बुँदे विस्तृत विवरणसहितको घोषणा पत्र जारी गर्दै महतले नेपाली कांग्रेस रामेछापको समभापतिमा आफूलाई जिताउ अपिले गरेका हुन् । आफ्नो राजनीतिक ईतिहास सहितको घोषणापत्र जारी गर्दै महतले जीवनको ४ दशक लामो समय काँग्रेसको राजनीतिमा व्यतित् गरेको उल्लेख गरेका छन् ।
उनी भन्छन् “काँग्रेस मेरा लागि साधन र काँग्रेसको मूल मर्म राष्ट्रियता, लोकतन्त्र र समाजवाद तथा आम लोकतन्त्रप्रेमी दाजुभाइ दिदीबहिनीहरूको मुक्ति मेरा लागि साध्य थियो र छ । लोकतन्त्र प्रतिको मेरो अनवरत आस्थाले यहाँसम्म ल्याइपु¥यायो, अब एकपटक यहाँहरूको अमूल्य मतको अभिलाषी रहेको छु । यसपटकको १४औँ जिल्ला अधिवेशनमा सभापति पदमा मतदान गरी यहाँहरूले मलाई न्याय गर्नुहुनेछ भन्ने दृढ विश्वास लिएको छु ।”
यस्तो छ उनको राजनीतिक ईतिहास्
आफ्नो जीवनको ४ दशक लामो समय मैले नेपाली काँग्रेसको राजनीतिमा व्यतित गरेको छु । नेपाली काँग्रेस मेरा लागि साधन र काँग्रेसको मूल मर्म राष्ट्रियता, लोकतन्त्र र समाजवाद तथा आम लोकतन्त्रप्रेमी दाजुभाइ दिदीबहिनीहरूको मुक्ति मेरा लागि साध्य थियो र छ । लोकतन्त्र प्रतिको मेरो अनवरत आस्थाले यहाँसम्म ल्याइपु¥यायो, अब एकपटक यहाँहरूको अमूल्य मतको अभिलाषी रहेको छु । यसपटकको १४औँ जिल्ला अधिवेशनमा सभापति पदमा मतदान गरी यहाँहरूले मलाई न्याय गर्नुहुनेछ भन्ने दृढ विश्वास लिएको छु ।
जीवनको प्रारम्भिक समयदेखि नेपाल विद्यार्थी संघबाट सुरु भएको नेपाली काँग्रेससँगको मेरो आवद्धताले चार दशक लामो आरोह–अवरोह पार गरिसकेको छ । विगत चार दशक लामो राजनीतिक यात्रामा नेपाली काँग्रेससँगको मेरो आवद्धता निम्न बमोजिम रहेको छ ।
- २०३६ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध, जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय सहभागी
- २०४६ सालको ऐतिहासिक जनआन्दोलन भाग–१ मा सक्रियतापूर्वक सहभागी
- २०४८ सालमा नेपाली काँग्रेस बिजुलीकोट गाउँ कार्य समितिको सभापति
- २०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा बिजुलीकोट गाउँ विकास समितिको अध्यक्ष
- २०५२ सालमा नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्य
- २०५७ सालमा जिल्ला कार्यसमिति कोषाध्यक्ष
- २०६१ महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमिति सदस्य
- २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी
- २०६७ सालमा महासमिति सदस्य तथा जिल्ला कार्यसमिति सदस्य
- २०७२ सालमा महाधिवेशन प्रतिनिधि तथा सभापति पदको उम्मेदवार
नेपाली काँग्रेसको सदस्यको रूपमा माओवादीले सुरु गरेको सशस्त्र युद्धका दिनहरू हामी सबैका लागि सबैभन्दा कष्टपूर्ण रहे । उक्त युद्धको दौरान देशभरीमै रामेछाप सबैभन्दा बढी प्रताडित रहन पुग्यो । ग्रामीण भूभाग माओवादीको कब्जामा थियो, त्यसैले गाउँ गाउँ पुगेर शान्तिपूर्ण रूपमा पार्टीका कार्यक्रम र गतिविधि गर्न सक्ने स्थिति थिएन । त्यतिबेला जिल्ला सदरमुकाममा बसेर मैले एकातिर माओवादी र अर्कोतिर सेनाको दोहोरो मारमा परेका जनता र सर्वसाधारणको सेवा गरेँ ।
घोषणा पत्रमा यी काम गर्ने प्रतिबद्धता छन् महतको ।
-
पार्टी बलियो हुनको लागि चुस्त र छरितो संगठन आवश्यक पर्दछ, त्यसैले जिल्ला कार्यसमिति, २ वटा प्रदेश समिति, ८ वटा स्थानीय तह र ६४ वटा वडा समिति हुँदै निर्वाचन बुथ कमिटीसम्म छरिता र चुस्त संगठन निर्माण गर्ने कार्यको यथाशीघ्र नेतृत्वदायी पहलकदमी लिनेछु । संगठन चलायमान बनाउनेछु । संगठन निर्माण गर्दा महिला, दलित, आदिवासी जनजाति सबै पक्षलाई समेटेर समावेशिता कायम गर्नेछु ।
-
निकट भविष्यमा हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस रामेछापको उम्मेदवारहरूलाई ६४ वडा, ६ गाउँपालिका र २ नगरपालिकामा विजय गराउनका लागि पार्टीको सम्पूर्ण शक्ति लगाउनेछु साथै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई अत्याधिक मतसहित विजयी गरउान सशक्त भूमिका सहितको प्रतिबद्धता जनाउँछु ।
-
हरेक तहका संगठन र कार्यसमितिको नियमित बैठक बसाल्नका लागि उत्प्रेरणा दिनेछु । हरेक समितिको नियमित रूपमा कार्यप्रगति विवरण बुझ्नेछु । केन्द्रले तय गरेका बाहेक जिल्लाका आफ्नै कार्यक्रममा पनि नियमितता दिनेछु ।
-
नेपाली काँग्रेसका भातृ संस्थाहरू जस्तै — नेविसंघ, तरूण दल आदि पार्टीका लागि नेता कार्यकर्ता उत्पादन गर्ने नर्सरी हुन् । त्यसैले सम्पूर्ण भातृ संस्थाहरू र शुभेच्छुक संघसंस्थाहरूको समयमै अधिवेशन गर्नका लागि पहल गर्नेछु । अस्तव्यस्तताको भुङ्ग्रोबाट भातृ र शुभेच्छुक संघसंस्थाहरूलाई बाहिर निकाल्नेछु ।
-
वैचारिक रूपमा प्रशिक्षित र जुझारु कार्यकर्ताले मात्र समस्याको जरो पकड्न, समाधानको उपाय खोज्न, विपक्षीसँग यथोचित मुकाबिला गर्न र हाम्रा आफ्ना कार्यक्रम जनताका बीचमा लैजान सक्छन् । त्यसैले पार्टी सदस्यहरूलाई निरन्तर प्रशिक्षणको व्यवस्था मिलाउनेछु ।
-
सूचना प्रविधिको अधिकतम विकास र बिस्तार भएको यस आधुनिक युगमा पार्टीका जिल्लास्थित कार्यसमितिहरू, सदस्यहरू, क्रियाशील सदस्यहरू, भातृ र शुभेच्छुक संघसंस्थाहरूका कार्यसमितिहरू तथा सदस्यहरू र पार्टीका सम्पूर्ण गतिविधिहरू आधिकारिक वेबसाइट (Website) मार्फत अद्यावधिक गर्ने व्यवस्था मिलाउनेछु ।
-
सबै प्रकारका आर्थिक र अन्य गतिविधि पारदर्शी तबरले सञ्चालन गर्नेछु ।
-
जिल्लामा निर्माणाधीन पार्टी कार्यालयलाई सुविधा सम्पन्न बनाउने र ८ वटै स्थानीय तहमा क्रमिक रूपमा पार्टी कार्यालय बनाउन पहल कदमी लिनेछु । साथै मन्थली बजारमा जीर्ण आवस्थामा रहेको वि.पी.को शालिक स्तरोन्नति गर्नका लागि वि।पी। प्रतिष्ठान रामेछापसँग सम्वन्य गरी गुरुयोजना बनाउने प्रतिबद्धता व्यक्त गर्दछु । सँगसँगै वि.पी. पुस्तकालय समेत निर्माण गरिनेछ ।
-
सबै प्रकारका गुट–उपगुट अन्त्यका लागि यथोचित कदम चाल्नेछु । नेतृत्वको परिक्रमा गर्नेलाई होइन, पराक्रमी कार्यकर्तालाई स्थान दिनेछु । योगदानको आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्ने परिपाटीलाई संस्थागत गर्नेछु । सम्पूर्ण कार्यकर्ताको अभिभावकका रूपमा काम गर्नेछु ।
-
मेरो राजनैतिक जीवनमा त्याग, समर्पण, उदारता, मेहनत र इमान्दारिताको साथले यो क्षणसम्म पुगेको छु र म एक कार्यकालका लागि मात्र सभापति रहने कुरा निवेदन गर्दछु । मेरो कार्यकालभरि अन्य कुनै पदको आकांक्षी हुनेछैन र एकै कार्यकालमा मैले गरेका प्रतिबद्धता पूरा गर्ने घोषणा गर्दछु ।