मन्थलीमा नक्कली 'लाईसेन्स' बोक्ने अटो चलाक विरुद्ध मुद्धा दर्ता

| असोज १५, २०७८ शुक्रबार

सांकेतिक तस्विर
A A A
A A A

१५ असोज,रामेछाप । नक्कली चालक अनुमतीपत्र बोकेर ज.१ ह ५०५१ अटो चलाउदै आएका एक जना अटो चालकलाई जिल्ला ट्राफिक कार्यलयले प्रकाउ गरी मुद्धा चलाएको छ ।

 

 

जिल्ला ट्राफिक कार्यलयल रामेछापले नेपालीहरुको महान चाड बिजय दशमी तिहार नजिकिदै गर्दा सवारी साधनमा चेक जाँच बढाएको छ । सोहि क्रममा शुक्रबार मन्थलीमा सवारी साधन चेकजाँच गर्ने क्रममा नक्कली चालक अनुमतीपत्र साथमा बोकी अटो चलाउदै आएका अटो चालक मन्थली नगरपालिका–६ भलुवाजोरका  बिर्खबहादुर माझी पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख बिकल भट्टराईले जानकारी दिए ।

 

चालक माझीले यातायात कार्यालय बागमतीबाट २०७० साल चैत्र २२ गते जारी भएको लाइसेन्स नम्बर ०६–४८२४०७ कार र अटो चलाउन मिल्नेगरी किर्ते चालक अनुमती पत्र बोकी यातायात चलाउदै आएको भेटिएकाले निजलाई नियन्त्रणमा लिई लिखत सम्बन्धी कसुरमा मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।