सुरु भयो रोकिएको मतदान जिससमाः मतदान सकिए लगत्तै मतगणना

| असोज १७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१७ असोज, रामेछाप । रोकिएको कांग्रेस मतदान सुचारु भएको छ । करिब एक घण्टा अघिदेखि जिल्ला समन्यव समिति रामेछापमा मतदान सुरु भएको हो । गएराति मतदान केन्द्रमा ढुङ्गा हानेपछि मतदान रोकिएको थियो । 

 

 

आज बिहान  प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडी सहितको बैठक बसेर मतदान सुचारु गरिएको हो ।

 

रामेछाप टाइम्सको कुराकानीमा हाल कांग्रेस पार्टी सचिव विष्णु बस्नेतले भने करिब एक सय मत खसि सक्यो । मतदान शान्ति पूर्ण रुपमा भैरहेको छ । १४ सय १४ मतदाता रहेको जिल्लामा ६ सय ६८ जनाले मतदान हिजै गरिसहेका छन् । 

 


जिल्ला सदरमुकाम मन्थलीमा कांग्रेस रामेछापको सभापति सहितको पदको लागि चुनाव भैरहेको छ । पार्टी सभापतिमा लवश्री न्यौपाने सहित, कृष्ण महत र पूर्णबहादुर तामाङ् (कान्छाराम) चुनावी मैदानमा छन् ।