त्रिकोणात्मक सिरिज :  नेपाल-मलेसिया खेल्दै

| बैशाख ६, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

६ वैशाख, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन्। 

त्रिवि क्रिकेट मैदानमा  यी दुईबीचको खेल आज (सोमबार) दिउँसो सवा एक बजे सुरु हुनेछ। आज मलेसिया पहिलो जीतको खोजीमा हुनेछ भने नेपाल भने अपराजित यात्रा कायम राख्न चाहन्छ ।

मलेसिया हिजो नेदरल्याण्ड्ससँग  १५ रनले पराजित भएको थियो। नेपालले भने आइतबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। 

डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ। 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार