आगामी तीन दिनको मौसम यस्तो छ ?

| बैशाख ६, २०७८ सोमबार

संकेतिक फाइल
A A A
A A A

६ वैशाख, रामेछाप । देशको पहाडी भू–भागका थोरै स्थानहरुमा साँझपख मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ । देशको पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकि भू भागको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।देशको पहाडी भू भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


त्यस्तै राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ छ । देशका पहाडी भू भागका एक दुई स्थानमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

(भोली) मंगलबार दिउँसो देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली बाँकी भू भागमा आंशिक बदली रहनेछ । देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू भागका एक दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्टयाङ्ग र हावाहुर, असिना सहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राती देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा  रहने छ । देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जनरचट्टयाङ्ग, हावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 


(पर्सी)  बुधबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकि प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

त्यस्तै बुधबार राति देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकि प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहित  वर्षाको सम्भावना रहेको छ ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार