साहारा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शिवराज श्रेष्ठ चयन

| असोज २१, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

रामेछाप। रामेछापको सदरमुकाम मन्थलीमा रहेको साहारा  बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको अध्यक्षमा शिवराज श्रेष्ठ चयन भएका छन् । उक्त सहकारी संस्थाको उपाध्यक्षमा बलराम लामा, सचिवमा शिसिर खड्गी र कोषाध्यक्ष चुक्त बहादुर मगर सहित १३ सदस्यि नयाँ कार्यसमिति गठन गरिएको छ । बुधबार एक कार्यक्रममाबीच साहारा  बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको १६ औं वार्षीयक तथा छैठौं अधिवेशनको बागमती प्रदेशका पूर्वमन्त्री कैलाश प्रसाद ढुङ्गलले उद्घाटन गरेका थिए । 

 


कार्यक्रममा बोल्दै पूर्वमन्त्री ढुङगेलले सहकारी क्षेत्रले देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्वपूर्ण योगदान गरेको बताए । उनले सहाकारीलाई कृषि उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गरे । 


त्यस्तै सो सहकारीका अध्यक्ष मिलन कुमार घिसिङ्ले स्थापनाको १६ औं वर्षमा सहकारीले महत्वपूर्ण काम सम्पन्न गरेको बताए । उनले आगामी दिनमा शेयर सदस्यहरुलाई सक्षम बनाउन थप काम गर्ने उल्लेख गरे । 


सोही कार्यक्रममा जिल्ला सहकारी संघ रामेछापका कार्यबाहक अध्यक्ष हिमाल ढुङ्गेल, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री,जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्वअध्यक्ष गोविन्द प्रसाद घिमिरे र सामुदायिक विकास समाज रामेछापका अध्यक्ष दिपक घिसिङले बोलेका थिए । 


सो क्रममा उक्त सहकारीको कूल पूँजी २५ करोड भन्दा बढी रहेको बताइएको छ । १६ करोड भन्दा बढी ऋण लगानी गरेको उक्त सहकारीको कार्यक्षेत्र मन्थली नगरपालिका र रामेछाप नगरपालिका विभिन्न वडामा गरि ४२ सय भन्दा बढी शेयर सदस्य रहेको बताइएको छ । 

 


सो कार्यक्रममा विभिन्न विधामा योगदाग पुर्याउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । 


 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार