कांग्रेस जिल्ला पार्टी सभापति 'म बन्छु, त्यो जहिले पनि हुनसक्छ' -सचिव कार्की
फाइल फोटो
६ वैशाख, मन्थली । नेपाली कांग्रेसका जिल्ला सचिव लेख बहादुर कार्कीले आफू अब जिल्ला पार्टी सभापति बन्ने दृढ इच्छा ब्यक्त गरेका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसं) को ५२ औं स्थापना दिवास अवसरमा सोमबार कांग्रेस पार्टी कार्यालय मन्थलीमा नेविसंघले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव कार्कीले भने 'परिस्थितिले म अब जिल्ला पार्टी सभापति बन्ने इच्छा छ, नेपाली कांग्रेसलाई एक सशक्त बनाउन पार्टी सभापति बन्ने मेरो मनासाय हो । त्यो यो पटक पनि हुन सक्छ, जहिले पनि हुन सक्छ ।' जिल्लामा खिया लागेको हाल कांग्रेसका सबै भातृसंस्थाहरुलाई एक बनाउन आफू सभापति बन्नुपर्ने उनको दाबी छ ।
जिल्लामा कांग्रेसलाई शक्ति बढाउनको लागि सबैलाईको पार्टी सभापति बन्छ होला ? भन्ने उत्सुक्ता रहेको सुनाउदै उनले भने म पार्टी सभापतिको लाइनमा छु, त्यो जहिले पनि हुन सक्छ । केहि समय अघि आगामी महाधिवेशनमा आफू जिल्ला पार्टी सभापति बन्नको लागि नेता पूर्णबहादुर तामाङ् (कान्छाराम) ले पनि उम्मेद्वारी घोषणा गरि सकेका छन् ।
हाल जिल्लामा लवश्री न्यौपाने पार्टीको सभापति छन् ।

