हिमगंगामा चितुवाको आक्रमणमा परि तीन जना गम्भीर घाइतेः एकलाई काठमाडौं,दुई जनालाई साँघुटार लगियो

| असोज २४, २०७८ आइतबार

फोटो स्रोत सागर श्रेष्ठ
A A A
A A A

२४ असोज,रामेछाप । रामेछापको रामेछाप नगरपालिकामा चितुवाको आक्रमणमा परि तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उद्दार गरि उपचारको लागि साँघुटार स्थित् प्राथामिक अस्पतालमा लगिएको छ । एक जनालाई काठमाडौं लगिएको छ । 

 

 


आइतबार चितुवाको आक्रमणमा परि घाइते हुनेमा नगरपालिकाको वडा नं हिमगंगा स्थित् धारापानीका रबिलाल जोगी, डाडागाउँका होमबहादुर श्रेष्ठ र बसेरी स्याम्लागाउँका निरन मगर रहेका छन् । घाइते दुई जना होम श्रेष्ठ र निरन मगरलाई उद्दारको लागि साँघुटार लागिएको हो । भने रबिलाल जोगीलाई यहाँ उपचार सम्भव नभएकाले उपचारको लागि काठमाडौं पठाइएको छ ।  

 

केही दिनदेखि नगरपालिकाका विभिन्न वडाहरुमा चितुवाहरुको त्रासमा मानिसहरु बस्दै आएका थिए । 

 

आइतबार आक्रमण गरेको हो  ।

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार