एकिकृत समाजबादीले फुलासीमा सुनिल लामाको अध्यक्षतामा समिति गठन गर्योः एक दर्जन् युवा नेता एमाले त्याग्दै प्रवेश

| असोज २५, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१५ असोज,रामेछाप । एकिकृत समाजवादी (एस) रामेछापले आफ्नो संगठन बिस्तार गरेको छ । साथै एसमा एक दर्जन बढी एमाले नेताहरु समेत प्रवेश गरेका छन् ।

 

 

आज सोमबार मन्थली नगरपालिका वडा नं १४ फुलासीमा एकिकृत समाजबादीले सुनिल लामाको अध्यक्षता ३३ सदस्यिय कार्यसमिति बिस्तार गरेको जिल्ला अध्यक्ष रमेश कुमार बस्नेलतले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष बिश्वराज थिङ, सचिब अमित तमाङ सह-सचिब पदम बहादुर तमाङ कोषाध्यक्षमा सपना घिसिङ चयन गरेको हो । 

 


यता आजै पार्टी कार्यालय मन्थलीमा मन्थली नगरपालिका १२ गेलुका एक दर्जन युवाहरु एमाले पार्टी परित्याग गर्दै एसमा प्रवेश गरेको कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीले रामेछाप टाइम्सलाई बताए । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार